काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया