काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित समितिमा योजना आयोगबाट सम्बन्धित क्षेत्र हेर्ने सदस्य संयोजक रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार डा. भट्ट समितिको संयोजक थिए ।
बोर्डको अध्यक्ष पदका लागि उनका नातेदारले आवेदन दिएका कारण स्वार्थ बाझिने अवस्था सिर्जना भएको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् डा. गोपालप्रसाद भट्टले अध्यक्ष पदका लागि आवेदन दिएका छन् । स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले आफूले छनोट समितिबाट अलग हुने निर्णय गरेको डा. गुणाकर भट्टले जानकारी दिए ।





















प्रतिक्रिया