काठमाडौं ।अन्तर्राष्ट्रियस्तरको चिडियाखाना बनाउने लक्ष्यसहित शिलान्यास गरिएको भक्तपुरको राष्ट्रिय प्राणी उद्यान नौ वर्ष बित्दा पनि अलपत्र अवस्थामा पुगेको छ ।
२०७१ सालमा मन्त्रिपरिषद्ले २ सय ४५ हेक्टर वन क्षेत्रमा उद्यान निर्माण गर्ने निर्णय गरेको थियो भने २०७३ असार ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले शिलान्यास गरेका थिए । तर हालसम्म परियोजनाले गति लिन सकेको छैन ।
उद्यानकी कार्यालय प्रमुख कुसुम नेपाल का अनुसार अहिले कार्यालय सञ्चालन र कर्मचारी तलबका लागि मात्रै बजेट आउने गरेको छ । कर्मचारी संख्या पनि घटाइएको उनले बताइन् ।
भक्तपुर–२ का सांसद राजीब खत्री ले आगामी बजेटबाट परियोजनाको काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय जनप्रतिनिधिहरूले भने परियोजना ढिलाइ हुँदा चितुवा आक्रमणजस्ता जोखिम बढेको भन्दै सरकारलाई शीघ्र काम अघि बढाउन आग्रह गरेका छन् ।





















प्रतिक्रिया