Logo

समाचार

लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ



काठमाडौं। प्रहरी देशका विभिन्न स्थानबाट लागू औषधसहित ११ जनालाई पक्राउ गरेको छ।

चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ, बारालगायत जिल्लाबाट प्रहरीले अवैध लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको हो।

चितवनको भरतपुर महानगर ९ स्थित काँडाघारी टोलबाट तीन, मकवानपुर, हेटौँडा उपमहानगर ११ थानाभर्‍याङबाट एक, मोरङ, पथरीशनिश्चरे नगरपालिका ४ मिलन चोकबाट तीन, ताप्लेजुङ, फुङलिङ नगरपालिका २ बाट तीन र बाराको निजगढ नगरपालिका ११ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार २१:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।