काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.४९ अंकले बढेर २,७४९ को विन्दुमा कायम भएको छ ।
आज २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै होटल फरेष्ट इनको सेयर कारोबार भएको छ । यस कम्पनीको १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १३ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट इनका लगानीकर्ताले ७.९० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.५४ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया