Logo

राजनीति

नीति तथा कार्यक्रम र बजेटका लागि सरकारले ल्यायो सुझाव संकलन पोर्टल



काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि नागरिकका सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।

सरकारले आगामी सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा नागरिकका आवश्यकता र अपेक्षा समेट्ने उद्देश्यसहित उक्त पोर्टल सुरु गरिएको जनाएको छ।

पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली, विषयविज्ञ र नीतिनिर्माताले बजेट तथा विकास प्राथमिकताबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह का प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले नीतिनिर्माण प्रक्रियामा आमनागरिकको सहभागिता बढाउन पोर्टल सञ्चालन गरिएको बताइन्।

उनका अनुसार प्राप्त सुझावलाई सम्बन्धित निकायमार्फत समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयनमा लैजाने तयारी छ।

पोर्टलमा सुझाव दिएपछि त्यसको अवस्थाबारे जानकारी लिन सकिने ‘सुझाव ट्र्याक’ सुविधा पनि राखिएको छ।

सरकारले नागरिकलाई प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमार्फत सुझाव दिन आग्रह गरेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार ०६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।