Logo

अर्थ

सुनकाे मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार ११:१०   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।