Logo

अर्थ

अर्थमन्त्रीले बुझे पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन



काठमाडाैं । आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेस गरिएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले उक्त प्रतिवेदन बुझाएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) मा सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाका सम्बन्धमा प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था र ऐनको दफा ५ बमोजिम बैंकले सरकारलाई यो प्रतिवेदन उपलब्ध गराएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १४:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।