Logo

अर्थ

प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल चयन



काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रबिन्द्र ढकाल चयन भएका छन् । कम्पनीको संचालक समितिको वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटले पुँजी बजारमा आफूलाई एक सबल र प्रतिस्पर्धी स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ । ढकालले पदभार ग्रहण गर्दै संस्थाको सेवालाई थप परिष्कृत र प्रविधिमैत्री बनाउने लक्ष्य राखेका छन् ।

प्रभु बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको यस स्टक मार्केटलाई बैंकको विशाल सञ्जाल र साखले थप सहयोग पुग्ने देखिन्छ ।

प्रभु बैंकले हाल नेपालभर रहेका ३०० शाखा कार्यालय, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरहरू मार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको यही सुदृढ आधार र ढकालको व्यावसायिक अनुभवले प्रभु स्टक मार्केटलाई आगामी दिनमा धितोपत्र बजारमा अग्रणी स्थानमा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १५:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।