Logo

अर्थ

३८ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६१ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार बढेकाे छन् । नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३ अंकमा कायम भएको छ ।

आज २४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ६१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.१९ प्रतिशतका दरले कमाएका छन् । कुमारी धनवृद्धि योजनका इकाईधनीले ११.३७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले २.८७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १५:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।