Logo

प्रमुख समाचार

जगदीश खरेलले दिए प्रेस काउन्सिल र साइबर ब्युरोमा उजुरी, झुटा समाचार फैलाउनेमाथि कारबाहीको माग



काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले राजधानी दैनिकविरुद्ध प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको गरेका छन् । आफ्नोबारे भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै उजुरी दर्ता गरेका हुन् ।

उनले सोमबार प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्यूरोमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका हुन्। सांसद खरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो बारेमा झुटा र कपोलकल्पित समाचार आएकोमा आपत्ति जनाएका छन्।

उनले भनेका छन्, ‘भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि मैले उजुरी दिएको छु । न्याय पाउनेमा मेरो पूर्ण विश्वास छ। साथै, सम्बन्धित पत्रिकाले माफी माग्दै मेरो सार्वजनिकरुपमा आएको खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्न माग गर्दछु। यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ।’

मिडियाको आवरणमा हुने यस्ता गैरजिम्मेवार गतिविधिले समग्र व्यावसायिक पत्रकारिताको छविमा असर पार्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘म स्वतन्त्र र व्यावसायिक पत्रकारिताको पक्षधर हुँ, र मेरो जग पनि यही हो ।’

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १७:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।