काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा साढे १६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स १०.२ प्रतिशतले वृद्धि भएको थियो ।
यस वर्ष नेपाली रुपैयाँमा मात्र नभई अमेरिकी डलरमा समेत रेमिट्यान्सको वृद्धिदर उच्च देखिएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड डलर पुगेको छ ।
चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको चैत महिनामा १ खर्ब ३८ अर्ब ५४ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो ।
९ महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको छ ।





















प्रतिक्रिया