काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने बताएका छन्।
पौडेलले संसद्को संयुक्त बैठकमा सोमबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले ऊर्जा–आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिने बताएका हुन्।
अन्तर देशीय ऊर्जा व्यापार सम्झौतालाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने उनले बताए।
उनका अनुसार राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत् प्रणाली विस्तार गरिनेछ।





















प्रतिक्रिया