Logo

प्रमुख समाचार

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान



जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ।

आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

मधेस प्रदेश प्रमुखको कार्यालयका सचिव नारायणप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट वि.सं. २०८३ जेठ १ गते शुक्रबार दिनको ११ः०० बजेबाट लागू हुने गरी मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्नुभएको व्यहोरा उल्लेख छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार २०:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।