Logo

अर्थ

स्नो रिभर्सले आईपीओ बिक्री खुलायाे



काठमाडौं। स्नो रिभर्सले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाखको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ।

यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९३ हजार ७५० कित्ता विदेश रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ४६ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता सेयर कर्मचारीलाई बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ १ गते हुनेछ भने ढिलोमा जेठ १२ गते हुनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार ०७:२५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।