Logo

अर्थ

ताेलामा ४४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य सोमबारको तुलनामा ३ सय ५५ रुपैयाँले बढेको छ ।

यसदिन चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार ११:०४   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।