Logo

खेलकुद

स्कटल्याण्डद्वारा नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन बनायाे ।

जर्ज मुन्सीले ७७, माइकल फिन्ले म्याकक्रेथले ३५, इङ्लिसलले अविजित ३४ रन जोड्दा माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए भने नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार १३:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।