काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ३९.४४ अंकले घटेर २,७४४ को विन्दुमा कायम भएको छ ।
आज १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २५१ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ६६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको १८ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ५.५३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १२.४० प्रतिशतका दरले गुमाएका छन् ।





















प्रतिक्रिया