Logo

समाचार

सांसद प्रसाईँको प्रश्न- गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन प्रमाण पुगेन कि प्राथमिकता?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गर्न सरकार किन पछि हटेको भन्दै प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा को बैठकमा बोल्दै उनले मुद्दा दायर गर्न प्रमाण पुगेन कि प्राथमिकता भन्दै प्रश्न गरे ।

उनले भने,‘जेनजी आन्दोलनका अभियुक्तद्य तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन सरकारले के ले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?’

प्रसाईँले नेपालमा हरेक आन्दोलनपछि शहीदका परिवारले न्याय नपाउने प्रवृत्ति दोहोरिँदै गएको बताए । उनले भने ,‘हरेक आन्दोलनका शहीदमाथि अन्याय जसरी गरिएको छ, उहिलेको बाजेको पालामा जस्तै अहिलेपनि उस्तै अवस्था भयो भने ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भन्ने उखानजस्तै अवस्था हुन्छ ।’

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार १५:४६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।