Logo

अर्थ

कृषि विकास बैंक र काठमाडौं मेडिकल कलेजबीच छुट सम्बन्धी सम्झौता



काठमाडौं । कृषि विकास बैंक लिमिटेड र काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर  बीच स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कृषि विकास बैंक लिमिटेड (दोस्रो पक्ष) र काठमाडौं मेडिकल कलेज दुवाकोट (पहिले पक्ष)बीच २०८३ साल वैशाख ७ गते उक्त सम्झौता गरिएको हो ।

सम्झौताअनुसार कृषि विकास बैंकमा खाता भएका ग्राहक, कार्डवाहक, मेबाइल बैकिङ सेवा उपयेग गरिरहेका ग्राहकाहरु, कार्यरत कर्मचारी तथा उनीहरुका परिवार, पूर्व कर्मचारी र तिनका परिवारका सदस्यहरुले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन् ।

काठमाडौं मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै चिकित्सा, नर्सिङ, डेन्टललगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको जनाएको छ ।

कृषि क्षेत्रको उत्थान तथा विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कृषि विकास बैंकसँगको यस सहकार्यले बैंकसँग आवद्ध सेवाग्राही र कर्मचारीहरुलाई स्वास्थ्य सेवामा थप राहत पुग्ने विश्वास गरिएको छ ।

कृषि विकास बैंक लिमिटेड का ग्राहक, कर्मचारी तथा तिनका परिवारले अब काठमाडौं मेडिकल कलेज मा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

काठमाडौं मेडिकल कलेज र कृषि विकास बैंक लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका खातावाला ग्राहक, कार्डवाहक, मेबाइल बैकिङ्ग सेवा उपयेग गरिरहेका ग्राहकाहरु कार्यरत कर्मचारी, पूर्व कर्मचारी तथा तिनका परिवारका सदस्यहरुले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार अस्पतालमा उपलब्ध सेवाहरुमा पहिलो प्राथमिकताका आधारमा २५ प्रतिशतसम्म छुट सुविधा प्रदान गरिनेछ । छुट सुविधा प्राप्त गर्न बैंकको आधिकारिक चेकबुक, मान्य डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा बैंक खातासम्बन्धी अन्य प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, कर्मचारी तथा तिनका परिवारका सदस्यहरुले फोटोसहितको वैध परिचयपत्र, पूर्व कर्मचारी परिचयपत्र तथा नाता खुल्ने कागजात वा बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

यसका साथै केएमसी दुवाकोटले उपचारका लागि आउने सम्पूर्ण सर्वसाधारणका लागि २०८३ असार मसान्तसम्म सीटि स्क्यान र एमआरआई बाहेक अस्पतालमा उपलब्ध सेवाहरुमा ५० प्रतिशत छुट दिने विशेष योजना पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार १८:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।