Logo

कर्पोरेट बजार

रोयल इनफिल्डको गरिल्ला-४५० नेपालमा सार्वजनिक



काठमाडौं ।रोयल इनफिल्डले आफ्नो नयाँ मोटरसाइकल ‘गरिल्ला ४५०’ नेपालमा सार्वजनिक गरेको छ। दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ।

गरिल्ला ४५० तीन भेरियन्ट– एपेक्स, दास र फ्ल्यास उपलब्ध छ। साथै आठ विभिन्न कलरमा उपलब्ध हुनेछ। यसको मूल्य ८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धी भएको बताए।

‘१२५ वर्षको पियोर मोटरसाइकलिङ यात्रा मनाइरहेका बेला नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साहजनक कदम हो,’ उनले भने, ‘यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो जुन चुस्त, सहज र दमदार छ।’ नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउनेका लागि यो उत्कृष्ट विकल्प बन्ने उनको भनाइ छ।

गरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको छ। यसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार ८५ प्रतिशत भन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले शहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज पर्फर्मेन्स दिनेछ।

मोटरसाइकलमा ६ स्पिड गियरबक्स, एसिस्ट तथा स्लिप क्लच, राइड बाइ वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन्। गरिल्ला ४५० मा ११ लिटर इन्धन ट्याङ्की, एलईडी हेडलाइट्स जस्ता फिचर समावेश छन्।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार १९:४८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।