Logo

प्रमुख समाचार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ



काठमाडाैं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे प्रक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुुन्धान व्यूरो (सिआईबी)ले उनलाई प्रक्राउ गरेको हो।

सिआईबी स्राेतका अनुसार, स्मार्ट टेलिकम प्रकरणमा उनलाइ पक्राउ गरिएकाे हाे।

पाण्डेलाइ बुधबार बिहान प्रहरीले पक्राउ गरेकाे हाे। स्मार्ट टेलिकम प्रकरणमा उनकाे बयान लिएर प्रहरीले छाड्न सक्छ।

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परिसकेका छन् ।

सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको थियाे।

उनलाई सोमबार काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको हाे।

हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वत:रद्द भएको थियो ।

उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

तर, उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १०:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।