काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेघा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा उनी मोबाइल अफ गरेर भाग्दै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ।
उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ बपार्कस्थित मदन भण्डारी राजमार्गबाट राति करिब ८ बजे पक्राउ परेका थिए। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
पाण्डे लोन रिकभरी कमिटीका अध्यक्ष समेत रहेको र लिलामी प्रक्रियामा संलग्न रहँदै आएको बताइएको छ।
अनुसन्धान अनुसार, स्मार्ट टेलिकम प्रालि ले दूरसञ्चार सेवा सञ्चालनका लागि प्राप्त अनुमति नियमानुसार नवीकरण नगरेपछि अनुमतिपत्र रद्द भएको थियो। त्यसपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरण ले नियन्त्रणमा लिएको थियो।

याे पनि…




















प्रतिक्रिया