Logo

प्रमुख समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू



काठमाडौं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी गराए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू:
–नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने,
–विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने,
–सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने,
–भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार ११:४३   :  बजे

612
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।