काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख २ हजार ९ सय रुपैयाँ थियो ।
आज चाँदी प्रतितोल ५ हजार ७१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया