Logo

अर्थ

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हाल कायम १०० कित्ता सेयर बराबर १० कित्ताका दरले हकप्रद सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

कुल निष्कासन रकम २३ करोड १० लाख रुपैयाँ बराबर रहेको छ ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरेको थियो ।

त्यसअनुसार फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज मा कारोबार भई कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले गरिरहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर बाँडफाँटपछि चुक्ता पुँजी बढेर २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार १०:२१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।