काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १०.०७ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ ।
आज ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर घटेको छ ।
आज ३ अर्ब २९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानकिर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानकिर्ताले ९.८९ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया