Logo

अर्थ

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता



काठमाडौं । नेपालमा गर्मी बढ्दै जाँदा धेरै उपभोक्ताको आवश्यकता केवल चिसो हावा मात्र होइन, आरामदायी र स्वस्थ घरायसी वातावरण बन्न थालेको छ। यही बदलिँदो आवश्यकता बुझ्दै Godrej ले आफ्ना विभिन्न air cooler मार्फत नेपाली बजारमा आधुनिक cooling solution उपलब्ध गराउँदै आएको छ।

आजको व्यस्त जीवनशैलीमा air cooler केवल गर्मी छल्ने सामग्री मात्र नभई दैनिक आरामसँग जोडिएको उपकरण बन्दै गएको देखिन्छ। सानो कोठादेखि ठूलो परिवार बस्ने ठाउँसम्म सहज रूपमा प्रयोग गर्न मिल्ने Godrej का Snowchill, ChillPro, Coolblast Plus, Coolblast तथा Edge Minicool जस्ता मोडलहरू अहिले धेरै उपभोक्ताको रोजाइ बन्न थालेका छन्। आकर्षक डिजाइन, सहज प्रयोग र राम्रो cooling अनुभवका कारण Godrej cooler ले बजारमा छुट्टै पहिचान बनाइरहेको देखिन्छ।

Godrej air cooler मा शक्तिशाली cooling क्षमता, धेरै हावा फाल्ने प्रणाली, honeycomb pad, thermal overload protection तथा ice drip technology जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। केही मोडलमा anti-bacterial tank तथा anti-bacterial cooling pad समेत प्रयोग गरिएकाले स्वच्छ हावा प्रवाहमा सहयोग पुग्ने बताइन्छ। त्यस्तै humidity control, 4-way swing तथा dry run protection जस्ता सुविधाले प्रयोगकर्तालाई अझ सहज अनुभव दिने कम्पनीको विश्वास छ।

विशेषगरी आधुनिक घरको सजावटसँग सहज रूपमा मिल्ने compact design, आकर्षक रंग संयोजन र premium finishing ले Godrej cooler लाई केवल cooling product मात्र नभई lifestyle appliance को रूपमा स्थापित गरिरहेको देखिन्छ। living room, bedroom वा family space जहाँ राखे पनि घरको सौन्दर्य बढाउने डिजाइनका कारण युवा पुस्तामाझ यस्ता cooler को आकर्षण बढ्दै गएको बजारले देखाएको छ।

नेपालमा CG Electronics ले Godrej का home appliances उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ। Godrej का air cooler मात्र होइन, Refrigerator, Chest Freezer, Washing Machine, Microwave Oven तथा AC लगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक डिजाइनलाई प्राथमिकता दिँदै आएको Godrej ले नेपाली घरपरिवारलाई अझ सहज, ताजा र आरामदायी अनुभव दिने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार १५:३१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।