काठमाडौँ । राजधानीको चोभारमा गोली चलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो।
सोही कार्यालयका एसएसपी सन्तोष खड्काले गोली प्रहारबाट सुजन शाही घाइते भएको बताए । शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्यासम्बन्धी घटनाको आरोपी भएको बताइएको छ।
घाइते अवस्थामा नियन्त्रणमा लिएर उनलाई अस्पताल पठाइएको खड्काले बताए।
कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो।





















प्रतिक्रिया