काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५३ सय ९० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ५७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया