काठमाडाैं । मिड सोलु हाईड्रोपावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ११ लाख २२ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
सोही १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।





















प्रतिक्रिया