Logo

मौसम

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ०६:४१   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।