Logo

राजनीति

जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताएका छन्।

आज मदन(आश्रितको ३३ औं स्मृति दिवसमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भदै स्मरण गरे, ुअभावहरू झन् गहिरिँदारहेछन्।

जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा ( सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो।ु मदन भण्डारी कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा भएको बताउँदै ओलीले त्यस दौरानमा उनको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको जिकिर गरे।

ुजनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दियो त्यसलाई हामीले ुसमृद्ध नेपाल, सुखी नेपालीुको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं,ु सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै ओलीले भने।

यस्तै, उनले पछिल्लो दशकमा त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको बताए। उनले मदन भण्डारी(जीवराज आश्रित, र यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज आफूमाझ शारीरिक रूपमा नरहे पनि विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भझैँ रहेको जिकिर गरे।

जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको ओलीको भनाइ छ।

सोही क्रममा उनले मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभइ एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति भएको बताए।

उनले भने, ुजनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ। प्रिय मदन( आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान

 

 

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ०७:४४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।