Logo

प्रमुख समाचार

कामिरिताले तोडे आफ्नै विश्व कीर्तिमान, ३२औं पटक पुगे सगरमाथा शिखरमा



काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

शेर्पाले यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।

कामिरिताको सफल आरोहणपछि काठमाडौंमा उनको स्वागतको तयारी समेत सुरु गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ११:२३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।