काठमाडौं । यती एयरलाइन्सले आफ्नो साधारण शेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाईलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा यती एअरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
नेपालमा आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एअरलाईन्स देशका अग्रणी निजी हवाई सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।
साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ बनाउन कम्पनीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।





















प्रतिक्रिया