काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् ।
महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्यले उनको भ्रमण हुन लागेको हो ।
कार्यपालिका बैठकमा भ्रमणबारे जानकारी दिँदै डंगोलले फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेन्डा रहेको बताइन्। महोत्सवको पूर्वतयारीस्वरूप महानगरपालिकाले स्थानीय स्तरमा विभिन्न कार्यक्रम गर्दैछ। जसमध्ये ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमसमेत आयोजना गर्न लागिएको डंगोलले बताइन्।
काठमाडौँ १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहककाे जिम्मेवारी दिएकी छन् । ज्येष्ठताका आधारमा श्रेष्ठलाई कार्यवाहक तोकेको डंगोलले जानकारी दिइन् ।
मे १२ देखि सुरू ‘कान्स फिल्म फेस्टिभल’ मे २३ (जेठ ९) मा समापन हुनेछ।





















प्रतिक्रिया