Logo

समाचार

नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो: सभामुख



काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको बताएका छन् ।

नेपाल व्यापार शिखर सम्मेलनकाे उद्घाटन समारोह बाेल्दै उनले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्ने बताए ।

उनले भने, ‘नयाँ सरकारको आगमनसँगै नीति गत स्थिरता र निजी क्षेत्र मैत्री वातावरण आसा पलाएको छ । यसले लगानी कर्ताहरूमा नयाँ उत्साह भनुर्का साथौ उत्साहलाई दुर्गकालीन विश्वासमा बदल्न हामीले नितीतग स्थिकायम गर्न सक्नु पर्दछ ।’

सभामुख अर्यालले वर्तमान आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत कार्यशैली मात्र पर्याप्त नहुने भन्दै अब इनोभेसन र डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

‘अहिले लिएको आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परा गत शैली मात्र पर्याप्त हुँदैन । यसमा इनोभेसन र डिजिटलाइजेसनलाई मुख्य प्राथमिकता दिन सक्नुपर्द छ,’ उनले भने ।

उनका अनुसार नेपालको आगामी प्राथमिकता सूचना प्रविधि ९आईटी० क्षेत्र हुनुपर्नेछ र यही क्षेत्र देशको आर्थिक रूपान्तरणको ‘गेम चेन्जर’ बन्न सक्ने सम्भावना रहेको छ ।

उनले भने, ‘अबको प्रथमीकता आइटी क्षेत्र नै हुनु पर्छ र नेपालको लागि आइटिनै गोम चेन्जर बन्न सक्छ । यस क्षेत्रलाई संस्थागत गर्न डिजिटल बिजनेस हब बनाउन र एआई मैत्री कानुनी पुर्वधार निर्माण गर्न हामीले काम गरी रहेको छौँ ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार १०:२७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।