Logo

अर्थ

सुनको मूल्य बढ्यो, चाँदी घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य केही बढेको छ भने चाँदी घटेको छ । सुन आज ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँ थियो ।

अघिल्लो दिन तोलामा ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार ११:१०   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।