Logo

प्रमुख समाचार

संसद बैठकमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध, सभामुखको आपत्ति



काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन् ।

उनीहरूको यो प्रदर्शनमाथि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरे । प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष साम्पाङसहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् । केहीबेर पर्चा देखाएपछि उनीहरू आसनमा फर्किए । यद्यपि, पर्चा छातीमा टाँसेर बसेका छन् ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

संसद्मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ । त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेन्डरमा छैन ।

यस्तो बेला श्रम संस्कृति पार्टीले संसद्मै प्ले कार्ड देखाएर विरोध जनाएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार ११:२५   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।