काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.०३ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ ।
आज ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ ।
आज २ अर्ब ४५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शासह उर्जाको सेयर कारोबार भएको छ । यस कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै इङ्वा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै निफ्र ऊर्जा ऋणपत्रका इकाइृधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.२६ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया