काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ मा स्कटल्याण्डमाथि ६ विकेटको जित निकालेको छ ।
स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर सहज पूरा पर्यो । उसका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ७४ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, इशान पाण्डेले ५५, आसिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन बनाए ।
स्कटल्याण्डका लागि मार्क वाटले तथा ब्रान्डन म्याकमुलेन एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कल्याण्डले ३०.१ ओभरमा अलआउट हुँदै १९४ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ७३, माइकल इंग्लिशले ५१, जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन बनाए ।
नेपालका लागि बलिङमा ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।





















प्रतिक्रिया