काठमाडौं । आज सुनचाँदीको मूल्य केही बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । ।





















प्रतिक्रिया