Logo

प्रमुख समाचार

प्रस्तावित प्रधानन्यायधीश शर्माको संसदीय सुनुवाइ आजै हुने



काठमाडाैं । प्रस्तावित प्रधानन्यायधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै हुने भएको छ ।

संवैधानिक परिषद्को कार्यालयले पत्र काटेर डा शर्मालाई आज दिउँसो साढे १ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरेको छ ।

शर्माविरूद्ध १६ वटा उजुरी परेका छन् । संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

समितिमा बिहान शर्माविरूद्ध परेका उजुरीबारे छलफल भएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १२:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।