काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा गम्भीर उजुरी दर्ता भएको छ। उजुरीकर्ता टंकप्रसाद आचार्यले शर्मासँग सर्वोच्च अदालतको न्यायाधीश बन्न आवश्यक संवैधानिक योग्यता नै नपुगेको दाबी गरेका छन्।
आचार्यकाअनुसार संविधानले सर्वोच्च अदालतको न्यायाधीश बन्न निश्चित अनुभव र योग्यता तोकेको भए पनि शर्माले ती मापदण्ड पूरा नगरेको आरोप छ। उनले शर्माले सीमित समय मात्रै वकालत गरेको र केही समय अस्थायी न्यायाधीशका रूपमा काम गरेको उल्लेख गरेका छन्।
उजुरीमा २०७६ सालमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा को प्रभावमा शर्मालाई सर्वोच्च अदालतमा नियुक्त गरिएको आरोपसमेत लगाइएको छ। यसअघि पनि उक्त नियुक्तिविरुद्ध उजुरी परेको तर प्रभावकारी सुनुवाइ नभएको दाबी गरिएको छ।
उजुरीकर्ताले संसदीय सुनुवाइ समितिलाई संविधान, न्यायिक मर्यादा र योग्यताको आधारमा निर्णय गर्दै शर्माको नाम अस्वीकृत गर्न आग्रह गरेका छन्।





















प्रतिक्रिया