Logo

प्रमुख समाचार

दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप



वीरगञ्ज । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । मंगलबार प्रहरीले जिल्ला अदालत पर्साबाट विद्युतीय कारोबार ऐन (साइबर अपराध) तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो ।

सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १६:४६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।