Logo

प्रमुख समाचार

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण



काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालत परिसरमा भव्य स्वागत गरिएको छ।

मंगलबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पदभार सम्हाल्न पुगेका उनलाई अदालतमा स्वागत गरिएको हो।

प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत प्रवेश गर्दा त्यहाँ कार्यरत वरिष्ठ न्यायाधीशहरू, मुख्य रजिस्ट्रार, रजिस्ट्रार, कानुन व्यवसायी तथा कर्मचारीहरूले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए।

स्वागतका क्रममा उपस्थित अधिकारीहरूले उनलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

आगामी ६ वर्षका लागि न्यायालयको नेतृत्व सम्हाल्न आइपुगेका शर्माले आजै आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन्।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार २०:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।