मुस्ताङ । चीनबाट भन्सार छली गरी ल्याइएको विद्युतीय चुरोट (भेप) प्रकरणमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ का अनुसार नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशंकामा बिएई ४९२२ नम्बरको स्कार्पियोसहित चालक ४१ वर्षीय दीपेश गदाल र ३९ वर्षीय रवीन्द्र दर्नाल लाई शनिबार नियन्त्रणमा लिइएको हो ।
प्रहरी निरीक्षक सन्तोष बस्याल का अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय लेते को चेकपोस्टमा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।
यसअघि शुक्रबार राति लोमान्थाङ–४ एक्लेभट्टी क्षेत्रमा दुई कन्टेनरबाट ५९० कार्टुन भेपसहित अन्य सामान बरामद गरिएको थियो । प्रहरीले उक्त सामानको अनुमानित मूल्य १६ करोड ६५ लाख रुपैयाँ रहेको जनाएको छ ।
घटनामा संलग्न पाँच जनाविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरिएको मुस्ताङ भन्सार कार्यालय ले जनाएको छ ।






















प्रतिक्रिया