काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई पोखरा लिचिबारी घुस प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतले गरेको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै सर्वोच्चले धरौटीमा छाड्न भनेको हो । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटीमा छाड्न आदेश जारी भए पनि लिखित आदेश भने आएको छैन ।
कास्कीको लिचीबारी घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सोउपर गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।






















प्रतिक्रिया