काठमाडौं ।एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ।
टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरूले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन्। नेपालका लागि उपकप्तान पूजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले दुई/दुई र कविता कुँवर र सीता मगरले एक/एक विकेट लिएका छन्।
मलेसियाकी एल्सा हन्टरले १० रन बनाउनबाहेक अन्य कसैले दोहोरो रन बनाउन सकेनन्।
एसियन गेम्स क्वालिफायर मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ। दुवै प्रतियोगिता मलेसियामा हुनेछ। एसियन गेम्सका लागि ८ टोलीले प्रतिस्पर्धा गर्नेमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन्।






















प्रतिक्रिया