Logo

राजनीति

सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो: सांसद बराल



काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।

उनले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५÷१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताए । ‘पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्छ । यस्तो रकमले काठमाडौं आसपासमा कसरी जीवनयापन सम्भव हुन्छ ?’ उनले प्रश्न गरे ।

सांसद बरालले सरकारको कदमलाई सुकुम्वासीमाथि गरिएको ‘ठूलो अमानवीय हमला’ को संज्ञा दिए । उनले अस्थायी बसोबासका लागि सरकारले दिने भनेको २५ हजार रुपैयाँले समस्या समाधान नहुने उल्लेख गर्दै, ‘उनीहरू जहाँ बसिरहेका थिए, त्यही नै उनीहरूको अस्थायी बसोबास थियो । अब स्थायी व्यवस्थापन गर्नुपर्ने बेला सरकारले जबरजस्ती हटाएको छ,’उनले भने।

उनले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने माग समेत गरे ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १२:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।